Tuesday, September 29, 2026
Home अर्थ मनोज ज्ञवाली भए नबिल बैंकको सिइओ

मनोज ज्ञवाली भए नबिल बैंकको सिइओ

21

काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका छन्। हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो। यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए। उनले चैतमा नै राजीनामा दिएका थिए। कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।
उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। दुई दशकदेखि ज्ञवाली बैंकिङ क्षेत्रमा छन्।