Sunday, September 20, 2026
Home समाज ऐतिहासिक पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत

ऐतिहासिक पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत

19

काठमाडौं : कराँते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराँते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्। एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराँते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन्। उनी कराँते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्। यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्। एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।