प्रधानमन्त्री ओलींसंग देउवा, प्रचण्डले भेट गर्दै

23

काठमाडौं । प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुने भएको छ ।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।