नगरकोट भ्रमण वर्ष सुरु: आज राष्ट्रपतिले उद्घाटन गर्ने

25

भक्तपुर । ​नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ आजदेखि सुरु हुँदैछ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार, नगरकोटको बतासे डाँडामा अपरान्ह एक वजे आयोजना हुने उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नेछन् । समारोहमा पर्यटन मन्त्री बद्री पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा लगायतका बिशिस्ट अतिथिकाे उपस्थिति रहने छ ।

१० लाख आन्तरिक र बाहिय एक लाख पर्यटक ल्याउने उदेश्यसहित चाँगुनारायण नगरपालिकाकाे बर्तमान नेतृत्वको पहिलाे वैठकले भ्रमण वर्ष मनाउने निर्णय गरेको थियाे । पछि अन्य नगरपालिकासंग समन्वय गरेर भ्रमण बर्षलाई संयुक्त रूपमा मनाउने सहमति भएको चाँगुनारायण नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकीले बताए ।

उप प्रमुख बुढाथोकीका अनुसार, भ्रमण बर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ । यस अभियानमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको रूपमा रहेका छन् ।
भ्रमण बर्षका बिज्ञ घनश्याम खतिवडाका अनुसार, कार्यक्रम सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् । त्यसै क्रममा होमस्टे विस्तार, जातजाति, भेषभूषा, सांस्कृतिक कार्यक्रम र स्थानीय विशेषता उजागर गर्ने योजना अघि सारिएको छ ।

उद्घाटन समारोहमा खानाका स्टल, कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने जनाइएको छ । भ्रमण वर्षको क्रममा चारै नगरपालिका आ–आफ्नो क्षेत्र अनुसार छुट्टाछुट्टै कार्यक्रम समेत गर्ने छन् । डोलेश्वरडटकम बाट

नगरकोटबाट आउने पर्यटकलाई अन्य पर्यटकीय स्थल डुलाउने, स्थानीय परिकार चखाउने र बसाइ लम्ब्याउने प्रयास समेत भ्रमण बर्षले गर्ने उप प्रमुख बुढाथोकीले बताए । यसैबीच नयाँ बर्ष र भ्रमण बर्षका अवसरमा नगरकनेटमा पर्यटककाे चहलपहल बढेको छ ।

आइतबार नगरकाेटका सबै हाेटल पाहुनाहरूले भरिएको चाँगुनारायण -६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए ।

भ्रमण बर्षले स्थानीय सम्पदालाई पर्यटनसँग जोड्दै नगरकोटको समग्र विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख खत्रीको भनाइ छ ।