भक्तपुर । एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८१” सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरथापाले मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको भनि प्रशंसा गर्नु भयो । स्कुलको २० वर्षको यात्रामा स्कुलले गरेको अनवरत मिहिनेतले गर्दा उत्कृष्ट विद्यालयको भएको बताउनु भयो । उहाँले शैक्षिक वर्ष २०८१ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सूर्यविनायक वडा ७ का अध्यक्ष, नगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नेशनल प्याव्सनका भक्तपुरका सल्लाहकार एवं ईप्सन अध्यक्ष जिबी खड्का, सल्लाहकार विक्रम ढुकुछु, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले शैक्षणिकमा मात्र हैन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा प्रि-स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक फ्रि गरिएको, स्कुल हेल्थ नर्स राखिएको जानकारी दिनुभयो । कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।