मकवानपुर । मकवानपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।