भूमि आयोग भक्तपुरको अध्यक्षमा बिसुङ्के

16

भक्तपुर । भक्तपुर जिल्ला भूमि आयोगको अध्यक्षमा दिपक बिसुङ्के नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिसुङ्क भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष भएका हुन् । आयोगले भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतका समस्या समाधानमा गर्ने मुख्य जिम्मेवारी रहेको छ । आयोग अध्यक्ष सहसचिवस्तर सुविधा पाउने छन् । बिसुङ्के भक्तपुरको सूर्यविनायक नगरपालिका -५ ,कटुन्जेका बासिन्दा हुन् । उनी नेकपा एमालेका नेता हुन् ।