भक्तपुर । चाँगुनारायण नगरपालिका नगरसभाको १६ औं शुक्रबार सम्पन्न भएको छ । उक्त नगरअधिवेशनमा नगर उपप्रमुख रमेश बुढाथोकीले पेश गर्नु भएको अर्ध वार्षिक प्रगति प्रतिवेदन यस प्रकार रहेको छ ।
रमेश बुढाथोकी, उपप्रमुख
आदरणीय सभाध्यक्षज्यू नगरसभाका सचिवज्यू नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, विषयगत शाखाका प्रमुखज्युहरु, पत्रकार/संचारकर्मी मित्रहरु, चाँगुनारायण नगरपालिकाको नगरसभाको यो गरिमामय १६ औं अधिवेशनमा उपस्थित सम्पुर्ण महानुभावहरुमा सर्व प्रथम हार्दिक नमस्कार एवं स्वागत गर्दछु।
संधीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना लगायत नेपालको राजनीतिक परिवर्तनको विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु।
स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचित भई कार्यभार सम्हाले पश्चात आम नगरवासीहरुको अपेक्षा र हाम्रो प्रतिबद्वता बमोजिम पूर्वाधार निर्माण र मानवीय विकासका लागि नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयन गर्दै आइएको र आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट बमोजिमका योजनाहरुको सफल कार्यान्वयनको लागि प्रतिवद्ध रही नगरवासी प्रतिको उत्तरदायित्वलाई ईमान्दारी र निष्ठापूर्वक निर्वाह गर्ने क्रममा विकास निर्माण, रोजगारीलाई उत्पादनसंग जोडी जनजीविकाको सम्बोधन गर्ने विषयमा हामी दृढताकासाथ लागि परेका छौ। गत आर्थिक वर्षमा भएको उत्साहप्रद्धक विकास खर्चलाई आत्मसात गर्दै परिणाममुखी र मितव्ययी बनाउने तथा नगरबाट प्रवाह हुने सार्वजिनक सेवालाई अझ सरल र सहज बनाई नगरवासीको पहुंच बडाउन दृढ विश्वासकासाथ अधि वढेका छौं। नव निर्मित प्रशासकीय भवनबाट सबै किसिमका सेवा सुरु भैसकेको हुँदा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास लिएको छु ।
हामीले अंगीकार गरेको चाँगुनारायण नगरपालिकाको दीर्घकालिन सोच कृषि, पर्यटन र सामाजिक पूर्वाधार चाँगुनारायणको मूल आधार समेतको दूरदृष्टिमा आधारित रही चालू आवको लागि स्वीकृत भएका योजना तथा कार्यक्रमहरु मध्ये धेरै कार्यान्वयन प्रक्रियामा गईसकेको छन्। कार्यान्वयनको कममा रहेक सबै योजना तथा कार्यक्रमको सफल कार्यान्वयनको लागि सम्बिन्धत तह र तप्का सबैको सक्रिय सहयोग र सहभागितको अपेक्षा गरेको छौ ।
अब म चालू आ.व.मा हालसम्म संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक प्रगति विवरण यस गरिमामय सभामा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
चालु आ.व.को कुल विनियोजित बजेट रु. २ अर्व १२ करोड ३० लाख ९३ हजार ६ सय रहेकोमा हाल सम्म जम्मा रु. ३४ करोड ७७ लाख ३० हजार खर्च भएको छ जुन कुल बजेटको १६.३७ प्रतिशत हो ।
चालु तर्फ रु.९३ करोड ७६ लाख २१ हजार ५ सय विनियोजन भएकोमा हालसम्म रु. ३१ करोड १६ लाख ५५ हजार ३ सय खर्च भएको छ जुन विनियोजित बजेटको ३१.१ प्रतिशत हो ।
पुँजीगत तर्फ रु. १ अर्व १८ करोड ५४ लाख ७२ हजार विनियोजन भएकोमा हालसम्म रु. ७ करोड ६०. लाख ७५ हजार ५ सय खर्च भएको छ जुन विनियोजित बजेटको ६.४१ प्रतिशत हो ।
आदरणीय सभाका सदस्य ज्यूहरु,
यस नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगित विवरण मैले संक्षिप्त रुपमा प्रस्तुत गरि सकेको छु । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा (FRA) र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन मिजा) तर्फ गत आ.व.को लागि यस नगरपालिकाले प्रारम्भिक मूल्याङ्कनमा ९४ अड्ड दावी सहित सम्बन्धित निकायमा लेखी पठाइएको छ । यस्ता मूल्याङ्कनमा उच्चतम अंक प्राप्त गरी नगरपालिकालाई वित्तीय जोखिम न्यूनीकरण तथा सुशासनयुक्त नगरपालिकाको रुपमा पहिचान गराउन कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्ने हाम्रो कर्तव्य बनेको छ। नगरसभाको १५ औं अधिवेशनवाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा आदरणीय नगरप्रमुखज्यू, कार्यपालिका सदस्यज्यूहरु, नगरसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारीहरु, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी लगायतका सम्पूर्ण नगरवासीहरुको सहयोग, सहकार्यका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै आगामी दिनमा कार्यक्रमलाई समयमै सम्पन्न गर्न सबै क्षेत्रबाटसाय, सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।
विषयगत शाखावाट चालु आ.व.मा हालसम्म सम्पादन भएका कार्यक्रमहरुको विस्तृत अर्धवार्षिक प्रगती प्रतिवेदन हजुरहरुको हातहातमा उपलब्ध गराइएको बेहोरा निवेदन गर्दै यहाबाट बिदा हुन्छु ।
राजस्व प्रशासन शाखा
१. आ. व. २०८१/०८२ मा आन्तरिक राजस्व रु ३६,६७,२०,०००। (अज्ञेरुपी छत्तीस करोड सतसट्टी लाख बीस हजार रुपैया मात्र संकलन गर्ने गरि आन्तरिक राजस्व प्रक्षेपण गरेकोमा मिति २०८१ पौष महिनाको २४ गते सम्म रु १३,०७,३७,५००। (तेह करोड सात लाख सैतिस हजार पाँच सय रुपैया मात्र । करिव ३५.६ प्रतिशत राजश्व संकलन भएको छ ।
२. बिगतमा संकलन हुन चाँकी राजस्व संकलन तथा दाखिलाका लागि सरोकारवाला निकायहरु (व्यक्ति, फर्म, कम्पनीहरु) लाई ताकेता गरि लक्ष्य अनुसारको राजश्व संकलनमा क्रियाशिल रहेको।
प्रशासन तथा जनशक्ति विकास शाखा
१. श्रेणी विहिन कर्मचारीहरुका लागि ३ (तीन) दिने क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ।
२. सरकारी सेवामा युवापुस्तालाई प्रवेश गर्न सहजिकरणका लागि सहायकस्तरको निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालनमा रहेको छ।
३. स्थानीय तह स्वःमूल्याङ्कन (LISA) मा ९२.५ अंक र वित्तीय जोखिम मूल्याङ्कन (FRA) मा ९४ अंक दावि सहित नगरपालिकाको प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिको कार्यालयमा अनुमोदनका लागि पेश गरिएको छ।
४. निशुल्क शिक्षा सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि इच्छुक नगरबासीहरुको फाराम संकलन कार्य सम्पन्न भई कक्षा सञ्चालन तयारी भई रहेको छ।
५. उपभोक्ता हित संरक्षण समितिको बैठक बसी सरोकारवाला सहित चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरीएको छ।
६. नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। उक्त सूचना केन्द्रका लागि कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको छ ।
७. बागमती प्रदेश भित्रका विभिन्न जिल्लाका ५५ टोलिको सहभागिता सहित प्रथम बागमती प्रदेशस्तरीय धिमय् वाजा प्रतियोगिता सम्पन्न गरियो ।
न्यायिक समिति
१. चाँगुनारायण नगरपालिका न्यायिक समितिमा हालसम्म कुल ४४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको
२. दुबै पक्षलाई राखी छलफल गराई पक्षहरुको मन्जुरी र संयुक्त निवेदनको आधारमा २ बटा निवेदनहरुमा मिलापत्रद्वारा विवाद समाधान गरिएको छ ।
३. छलफलबाट मेलमिलाप हुन नसकेका १ वटा निवेदनको निर्णय गरी निरुपण गरिएको छ ।
४. दुवै पक्षले तारेख छोडी लामो समय सम्म अनुपस्थित रहेका विभिन्न ७ बटा निवेदनको कारवाहीलाई तामेलीमा राखिएका छन् ।
५. बटा निवेदनहरुमा अदालत पठाउने गरी आदेश भएका छन् ।
६. ३० बटा निवेदनहरु हाल कारबाही युक्त अवस्थामा रहेका छन् ।
७. न्यायिक समितिको २४ वटा बैठकहरु सम्पन्न भएका छन् ।