चोकचोकमा आगो ताप्ने व्यवस्था

9

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले चोकचोकमा आगो ताप्ने व्यवस्था गरेको छ । सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेसँगै जनतालाई चिसोबाट जोगाउन वडा नम्बर ४ फाप्लु र वडा नम्बर ५ सल्लेरीका विभिन्न चोकमा सोमबार बिहानैबाट आगो बाल्न थालिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार दाउराको व्यवस्थापन गरी जनतालाई आगो तपाइएको प्रजिअ घिमिरेले बताए ।

‘चिसोबाट जनतालाई जोगाउनु राज्यको दायित्व हो,’ प्रजिअ घिमिरेले भने, ‘यो अभियान सांकेतिक र चेतनामूलक हो, सम्भव हुने सबै ठाउँमा बिहानबेलुका आगो बालेर नागरिकलाई न्यानोपन दिन्छौं ।’ खुम्बु क्षेत्रमा पनि डिभिजन वन र निकुन्जसँग समन्वय गरेर मुख्य बस्तीको चोकमा आगो बालिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
ekantipur bat