एमाले भक्तपुर नगरद्धारा रक्तदान कार्यक्रम सम्पन्न

10

भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको आयोजनामा र २ नं वडा कमिटीको व्यवस्थापनमा व्यासी टुरिष्ट बसपार्क स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट्व्युरो महेश बस्नेतले रक्तव्याग हस्तान्तरण गरि उद्घाटन सुरु भएको थियो ।

उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्र, केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं २ का इन्चार्ज निर्मल कुमार भट्टराई, नेकेन्द्रीय सल्लाहकार परिषद सदस्य एवं पूर्व बागमती प्रदेश मन्त्री सरस्वती बाटी नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा, बागमती प्रदेश सदस्य मिलन सुवाललगायतको यपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा महिला र पुरुष समेत गरि ३३ जनाले रक्तदान गरेको नेकपा एमाले भक्तपुर नगर अध्यक्ष मदन द्यौलाले बताए । अमुल्य रक्तदान गरि कार्यक्रममा सरिक भइ मनविय सेवा गर्ने रक्तदाताहरुलाई प्रमुख अतिथिले प्रमाणपत्रले सम्मान गरेका थिए ।