Wednesday, September 23, 2026
Home समाचार भगवान विष्णुको पूजाः पहेँलो कपडा लगाउने पहेँलै वस्तुको दान, मिल्नेछ लाभ

भगवान विष्णुको पूजाः पहेँलो कपडा लगाउने पहेँलै वस्तुको दान, मिल्नेछ लाभ

41

काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ। यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ। पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ। भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ। बिहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास छ।