Monday, September 21, 2026
Home समाज गर्मी भगाउने रसुवाको मैलुङ झरना

गर्मी भगाउने रसुवाको मैलुङ झरना

36

काठमाडौं : रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैलुङ झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ। सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो झरना। राजधानी काठमान्डौ देखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरबाइक, बसको प्रयोग गरी पुग्न सकिन्छ। जहाँ त्रिशूली नदी मुनिबाट बगेको छ भने मैलुङ झरना माथिपट्टि रहेको छ। गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न जाने मान्छेको भिड बढ्ने गरेको स्थानीय बताउँछन्। त्यस्तै अन्य दिनहरुको तुलनामा शनिबार बढी नै मानिसहरू हुने गर्दछन्।