Friday, October 2, 2026
Home राजनीति नेपालमा राष्ट्रिय युवा संघले ‘एआई’ सम्मेलन गर्दै

नेपालमा राष्ट्रिय युवा संघले ‘एआई’ सम्मेलन गर्दै

96

काठमाडौं । नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई सम्मेलन आयोजना गर्ने भएको छ । यहिँ भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने युवा सङ्घकोले बताएको छ।

यसका लागि युवा सङ्घले केही युवाहरूलाई भेला गरेर गराएर सम्मेलनको बारेमा जानकारी गराएको बताइएको छ। एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी प्रदान गरिने युवा संघ नेपालले जनाएको छ ।