भक्तपुरमा १० जना जुवाडे पक्राउ, सबैभन्दा धेरै चाँगुनारायणका

127

भक्तपुर । प्रहरीले भक्तपुर नगरपालिका लिवालीबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गएको विहिबार भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा कोठा भाडामा लिई जुवातास खेलाईरहेको अवस्थामा संचालक सहित अन्य ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवा खेलाउने संचालक सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने बर्ष ३७ को रामेश्वर खड्का रहेका छन् । त्यसैगरि चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ बस्ने बर्ष ७६ को सानु प्रसाद बन, वडा नं. ७ बागेश्वरी बस्ने बर्ष ६२ को बाबुकाजी श्रेष्ठ, सोही स्थान बस्ने बर्ष ५२ को राजकुमार पाण्डे रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीका अनुसार चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल बस्ने बर्ष ६२ को केदार बहादुर के सी, सोही स्थान बस्ने बर्ष ५५ को ईन्द्र थापा पक्राउ परेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ४० को माधब बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने बर्ष ४० को श्याम मठैया पक्राउ परेका छन् । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने बर्ष ५६ को राम सुन्दर मारिखु र काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका ४ घर भई हाल भक्तपुर भानेचोक बस्ने बर्ष ३५ को भिम बहादुर तामाङलाई पक्राउ गरेका छौं, डीएसपी कार्कीले भने ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई गई छापा मार्दा जुवातास खेल्ने निम्न मानिसहरु, ३ बुक तास र नगद एक लाख साठी हजार पाँच सय० सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जुवा सम्बन्धी कसूरमा पेश गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।