नेपालमा वायु प्रदूषणले मर्नेको संख्या डरलाग्दो एक लाख भन्दा धैरै ज्यान जाने गरेको तथ्यांक

336

काठमाडौं । नेपालजस्ता विकासोन्मुख देशमा अधिक रुपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको संख्या डरलाग्दो स्थितिमा पुगेको छ । वायु प्रदूषण मध्याह्नभन्दा बिहान बेलुका अधिकतम रहने गरेको छ । नेपालमा मात्रै बर्षेनी एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । प्रदूषणले ७२ प्रतिशत मुटु, १४ प्रतिशत दमखोकी र १४ प्रतिशत फोक्सोमा रोग लाग्ने गरेको छ । प्रदूषणकै कारणले निमोनिया रोगमा वृद्धि तथा ट्राफिक प्रहरीलाई पनि अधिक समस्या ल्याएको पाइएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदूषणका कारणले ९० प्रतिशत मानिसको ज्यान जाने गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा खेम कार्कीका अनुसार एसिया क्षेत्रका देशमा प्रत्येक तीन मानिसको मृत्यु हुँदा दुई जना वायु प्रदूषणकै कारण हुने गरेको छ । प्रद्ूषण अधिक रुपमा विद्युत्भार कटौतीका समयमा हुने गरेको उनले बताए । यसैगरी काठमाडौँ उपत्यकाका हकमा यहाँ सञ्चालित इँटाभट्टाबाट अधिकमात्रामा प्रदूषण बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार प्रदूषण न्यून गर्नका लागि व्यवस्थित रुपमा कलकारखाना तथा उद्योग सञ्चालन गरिनुपर्छ । वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको संख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसंख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको छ । विद्युतभार कटौतीको समयमा चलाइने जेनेरेटरका कारण आउने धुवाँले वायु प्रदूषणमा वृद्धि भइरहेको जनाइएको छ । उक्त समयमा ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुने गरेको अध्ययनले देखाएको छ । वायु प्रदूषणले मानिसको जीवनयापनमा थप चुनौती ल्याएको छ । यसले अकालमा हजारौँ मानिसले ज्यान गमाउनु परेको छ । प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणमा समेत समस्या आइरहेको छ । हवाइजहाजको दृश्यपनमा समस्या आउनाले अवतरणमा जोखिम रहने गर्दछ । मानिसले खोक्दासमेत वायु प्रदूषणमा असर देखिएको छ । खासगरी सडकमा गुड्ने यातायातका साधनबाट अधिक रुपमा दिनानुदिन वायु प्रदूषण वृद्धि भइरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राज्यले गर्ने लगानीमा वृद्धि गरिनुपर्छ । प्रदूषण न्यून गर्न नास्टले समेत समय समयमा आवश्यक भूमिका निर्वाह गरिरहेको बताए । प्रदूषण नियन्त्रणमा नागरिक, राजनीतिकर्मी र सरोकारवालासबैमा इच्छाशक्ति हुनु जरुरी छ ।