Sunday, September 27, 2026
Home समाचार भक्तपुरमा स्कुटर दुर्घटना एक जना युवकको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना एक जना युवकको मृत्यु

81
photo by: GOOGle

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साप्ला वडा नं ५ घर भई हाल कौशटार साँगबारी बस्ने वर्ष २१ को नबिन पुदुङ लिम्बु रहेका छन् । मध्यपुर थिमी नगरपालिका वडा नं १ लोकन्थलीमा बिग्री रोकी राखेको लुम्बिनी २ ख. १९०४ नं. को खाली टिपरको पछाडिको भागमा सोही दिशा तर्फबाट आँउदै गरेको प्रदेश ३-०२-००६ प. ९०३५ नं. को स्कुटी अचानक अनियन्त्रित भई ठोक्किएको थियो । घटनामा स्कुटी चालक नबिन पुदुङ (लिम्बु) गम्भिर घाईते भई तत्कालै उपचारको लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी वृत थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र टिपर चालक काभ्रे भुम्लु गाँउपालिका वडा नं. १० बस्ने वर्ष २६ को पुजन शाहलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।