सकियो प्रचण्डको उथलपुथलः सत्ता यात्रामा लाग्दै ब्रेक

20

पाँचौँपटक विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १८ महिने सत्ता यात्रामा आजबाट ब्रेक पूर्णविराम लाग्ने देखिएको छ ।
प्रचण्डले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिदाँ २६८ मत प्राप्त गरेका थिए । दोस्रो पटक २०७९ चैत ५ गते १७२ मत, तेस्रो पटक २०८० फागुन ३० गते १५७ मत, चौथो पटक २०८१ जेठ ७ गते १५७ मत, पाँचौँ पटक २०८१ असार २८ आजको संसदीय अंकगणित हेर्दा नेकपा माओवादी पार्टी ३२, रास्वपाको २१ र नेकपा एकिकृत समाजवादी १० गरेर जम्मा ६३ मत प्रचण्डको पक्षमा आउने देखिन्छ ।

राजनीतिमा आफुलाई ठुलो खेलाडी मान्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तेस्रो कार्याकाल ५ वर्ष प्रधानमन्त्री बन्ने सपनामा पूर्ण विराम लाग्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । सत्ता साझेदार मध्य एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो ।