पार्टी र नेताको कमजोरी देखाउदाँ ढकालको पद गयो, लेखे यस्तो ….

60

काठमाडौं । पार्टी र नेताको कमजोरी प्र्रतिवेदनमा देखाउदाँ राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकल ढकालको पद गएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।

यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो । मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर केन्द्रीय समितिको निर्णय बमोजिम उनको साधारण सदस्यता भने नखोसिएको हो ।

पार्टीले पदबाट हटाएपछि ढकालले फेसबुकमा लेखेका छन् ।

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…..