यी हुन् नेपालका सबैभन्दा धेरै गर्मी हुने ५ स्थान

236

काठमाडौं । पछिल्लो केही वर्ष यता नेपालमा गर्मी निकै बढ्न थालेको छ । आजको रेकर्ड अनुसार नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान हो बाँके जिल्लाको शहर नेपालगन्ज जहाँ ४३.२ डीग्री पुगेको छ ।

दोस्रोमा कैलाली जिल्लाको धनगढी ४२.७ डीग्री, तेस्रोमा डोटी जिल्लाको दिपायल बजार ४१.६, चौथोमा विराटनगर ४०.९ र पाचौंमा भैरहवा बजार ३८.९ डीग्री तापक्रम रहेको छ । नेपालका अन्य स्थान काठमाडौंमा ३३.३, पोखरा ३२.५, सिमरा ३४.२ तापक्रम पुगेको छ ।