भक्तपुरबाट ४ जना चिनियाँ पक्राउ, यस्तो छ कारण !

79

भक्तपुर । नेपाल प्रहरीले ७० लाख रुपैयाँसहित भक्तपुरबाट ४ जना चिनियाँ नागरिकलाई भक्तपुरबाट पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प २८७२ नं को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३२ वर्षको ज्याङ्ग यून, ५० वर्षको निङ्ग छिय्लिन, २४ वर्षको क्ओ हाओरन र डेना लैयू रहेका छन् ।
चिनियाँ नागरिकहरुबाट स्रोत नखुलेको उनन्सत्तरी लाख पाँच हजार रुपैंया नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । प्रहरी उनीहरुलाई थप कारवाहिकालागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको छ ।

प्रहरी रिर्पोट अनुसारको उनीहरुको नाम अंग्रेजी अक्षरमा यस प्रकार छ ।

१) देश चिन घर भई हाल काठमाण्डौ बस्ने वर्ष ३२ को Zhang Yuan ।
२) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ५० को Ning Xialin ।
३) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष २४ को Quo Haoran ।
४) ऐ. घर भइ हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ३६ को Dena laiyu ।