Sunday, September 27, 2026
Home समाचार नेपालमा कोरानाको नयाँ भेरियन्ट केपी.१ र केपी.२, कस्तो असर गर्दछ ?

नेपालमा कोरानाको नयाँ भेरियन्ट केपी.१ र केपी.२, कस्तो असर गर्दछ ?

38

काठमाडौं । नेपालमा कोरोनाभाइरसको भेरियन्ट देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरिसकेको छ। शुक्रबार जारी गरेको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला दुई महिनायता कोरोना पोजेटिभ देखिएकोहरूको नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ केपी.१,केपी.२,केपी.३ र केपी.४ पुष्टि भएको हो। यो ओमिक्रोनको सब भेरियन्ट हो।

ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएका छन्। यसैगरि एकरएक जनामा केपी.३ र केपी.४ सबभेरियन्ट पुष्टि भएको थियो। नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएपछि यो कति घातक छ भन्ने विषयमा चासो बढेको छ।

-यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन ।

– दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनुपर्ने

-कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने

यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन।१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।
दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।