कविताः गन्तव्य

46

-जानु काम्बाङ्ग लिम्बु

-पुग्नु पर्ने गन्तव्य
नहिकै भए पनि
समयको पर्खाल नाघ्न नसक्दा
कहिले कहीं ब्यर्थै यात्रा
लम्बिने रहेछ !

यात्रा रोकेको भने बन्दै होइन
अथवा, हिंड्दा हिंड्दै थाकेको
पनि होइन
बाटो भूलेको त झन् हुँदै होइन
आफु हुनुको आभास
आफ्नै मनले दिलाई रहेको बेला
नभन्नु होला हरायो
म छु, यहीं कहीं छु
न टाढा, न नजिक
बस यहीं कहीं छु !!

फ़क्ताङ्ग्लुङ्ग गाउँपालिका-४,
ताप्लेजुङ्ग
हालंः यूके