कविता: छोरा

545

-राजकुमार लामिछने ‘प्रीन्स’

पद पनि होस
पैसा पनि होस
अनि इमान्दार छोरो पनि
आमा ,
पैसा भए पद जसरी नि पाउला
पद भए पैसा जाबो जसरी नि खाउला
तर इमान्दार बन चै नभन ल ।
हैन भने,
इमान्दार छु छैन थाह छैन
प्रमाणपत्र कस्ले दिने हो त्यो पनि था छैन
म इमान्दार चुनिन उम्मेदवार नै नहुन पनि सक्छु
उम्मेदवार भएर पनि के गर्नु ?
म नचुनिन पनि त सक्छु
अचेल त फेरि
योग्यता उम्मेदवार हुन पनि
कि पद कि हुनुपर्ने रे धनी
त्यसैले यहि हालमा मलाइ छिडिदेदा के होला
म सिर्फ छोरा मात्र बन्छु नि ल
तिम्रो, समाजको अनि यो देशको ।

उ हेर त्यो अमेरिका त्यो जापान
हेर न हेर
त्यस्को घर , रहन सहन र खानपान
तेरो केही काम छैन
लुखुर लुखुर हिड्यो,  आफ्नासंग नि भिड्यो
न छ बस्ने ठेगान, न छ खाने
हैन के गरेर जिउछस ए साने
यहि प्रश्न दोर्याइ रहन्छौ बारबार खाली
आफन्तले के काम गर्छ भनी सोध्दा
के जवाफ दिउ हँरु
भन्दिनु गर्दैन कुनै काम जाली
अनि अब के बन्छ रे त मन्त्री
भन्दिनु
सिर्फ छोरो मात्र बन्छ रे
तिम्रो, समाजको, र देशको  ।।

होला म तिम्रो , समाजको अनि देशको
छोरा बन्न नसकौला भने जस्तो
कति सपना गर्नु पर्ने पूरा
रहलान अधुरा
कति तिम्रा चाहना
टर्लान पार्दै बाहना
तर कोशिश चै गर्ने छु
कति होलान सफल कति असफल
त्यै पनि अघि बढ्नेछु
हरेस खाने छैन
समस्या देखि भागेर कतै जाने छैन
कम्तिमा यति चै गर्नेछु
जब म अन्तिम सास फेर्नेछु
भन्ला कसैले
बिदा भयो एउटा छोरो
तिम्रो, समाजको अनि यो देशको ।

तेलकोट, भक्तपुर