सूर्यविनायक नगर अस्पतालमा टोकन प्रणाली लागू

30

भक्तपुर। भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागू भएको छ । नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिम्सिना भटट्राईले एक कार्यक्रमका बीच टोकन प्रणालीको सुरु गरेका छन् ।

अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली सुरु गरिएको हो । अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवारीको व्यवस्थापन गर्न ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका संयोजक तथा सुचना अधिकारी मनिषाकार्कीले जानकारी दिइन । ‘टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरुसमेत सहजीकरणमा खटिनेछन् ।