माइकल चेकव अब नेपालमा

51

काठमाडौं : योर्ग आन्द्रेस (Joerg Andrees) माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्। बर्लिन आफ्नो एकेडेमीमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन्।विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिँदै हिँड्छन्। नेपाल आउनु अघि रसियाको मस्कोमा थिए। युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ। नेपालमा धेरै थिएटरहरू छन्। रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु छन्। तर कुनै विशेष पद्धति छैन। शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भइरहेका छन्। नाटक तयार भइरहेका छन्। दिग्गज प्रशिक्षकहरूले मैले यो पद्धतिमा तपाईंहरू अभिनय सिकाउँदै छु भनेर भन्दैनन्। स्तानिस्लाभास्की नेपालमा चर्चित छन्। स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी थिए माइकल चेकव। माइकल चेकव र स्तानिस्लाभास्की दुवैको तौरतरिका फरक छ। माइकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवा भतिजा हुन्। स्तानिस्लाभास्कीले समेत माइकल चेकवको पद्धतिको प्रशंसा गरेका थिए। नेपालमा पछिल्लो समय केही फरक-फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ। जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे। उनी रसियाबाट निर्वासित भए। युरोपमा आफ्नो स्टुडियो सुरु गरे।

त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले। पश्चिमी समाजमा माइकल चेकवको पद्धति चर्चित छ। ओस्कार विजेता धेरै कलाकारले यो पद्धतिमा काम गर्छन्। यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ। गत वर्ष यही समयमा यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन्। उनले दुई महिना लामो कार्यशाला चलाइन्। ो कार्यशाला रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरिएको छ। यो पटक रसियन हाउस कमलपोखरीको सहयोगमा यो कार्यशाला सञ्चालन गरिँदै छ। चैत्र १७ गतेदेखि २६ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल पनि जोडिएका छन्। यो कार्यशालामा विभिन्न थिएटरबाट २० जना रङ्गकर्मीहरु सहभागी हुनेछन्। यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतीलाई फैलाउनु रहेको छ।