देख्न जति रोचक र आकर्षक छन्, स्वादमा पनि फरकफरक यी मकैका प्रजातिले धेरैको मन तानेको हुन्छ। लोकल होस् या हाइब्रिट मकैको उत्पादनमा आएको विविधताले सबैलाई चकित तुल्याएको छ।चामला खाँदा–खाँदा वाक्क भएका शहरबासीले मकैका विविध परिकार रोज्न थालेका छन्। गाउँको मकै शहर छिरेपछि गाउँमा भने मकैका परिकार कमै खान थालिएको छ। सुपरमार्केटमा होस् या किराना पसल मकैको पिठो तथा च्याख्ला सहज रुपमा पाइन थालेको छ। नेपालमा अहिलेसम्म २७ थरीका मकै पाइन्छ। पोलेर खानका लागि भने पहेँलो रङको मकै नै लोकप्रिय छ।मौसमी हरिया मकै शहर–शहर निकै खपत हुन्छ। हरिया मकैको विविध परिकार पनि बनाएर खान थालिएको छ। मकैलाई चोखो अन्नको रुपमा लिइने हुँदा साउन महिनामा होस् या कुनै ब्रत बस्दा मकैका परिकार बनाएर खाने गरिन्छ। सुप, सलाददेखि मकैको खिरसम्म बनाएर खान सकिन्छ। मकैमा पर्याप्त फाइबर हुने हुँदा अन्य अन्नको तुलनामा स्वास्थ्यवद्र्धक पनि छ।मकै सबैको प्रिय अन्न हो। सबैभन्दा बढी मकै खपत हुने मौसमी हरियो नै हो। पोलेर खाने कि उसिनेर जसरी खादा पनि स्वादिष्ट हुन्छ हरिया मकै। हामीले नेपालमा पहेँला सुन रङका मकै मात्र देखेका छौंं। तर मकैका दर्जनौं परिकार र रङ–बिरङका हुन्छन्। परिकारमा पनि त्यतिकै विविधता हुन्छ। हामी नेपालीले मकै कि पोलेर खान्छौं कि त उसिनेर। कि च्याख्ला खान्छौं कि ढिँडो। कसैकसैले पुवा या रोटी पनि बनाउँछन्। स्वास्थ्यका हिसाबले पनि यो अन्न अति उत्तम छ। मकै धेरैको प्रिय अन्न हुँदाहुँदै पनि परिकारमा विविधता दिन नसक्दा बिस्तारै खेती र खपत कम हुँदै गएको भने देखिन्छ।कर्न कल्चर अर्थात् मकै संस्कृति ओल्मेक, मेक्सिकोको सबैभन्दा पुरानो ज्ञात जटिल सभ्यता, जसले मेक्सिको शहर नजिकैको टियोटिहुआकानको अविश्वसनीय पिरामिडहरू निर्माण गर्यो। मेक्सिको (एजटेक), मेसो–अमेरिकाको सबैभन्दा ठूलो साम्राज्य, स्पेनिसको आगमनसम्म, जीवन मकैको जीवनचक्रसँग नजिक थियो।