Tuesday, October 13, 2026
Home अन्तर्राष्ट्रिय बाढीका कारण हजारौं मानिस घर छोड्न बाध्य

बाढीका कारण हजारौं मानिस घर छोड्न बाध्य

29

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।
सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ। डेमाक विपद् व्यवस्थापन निकायका अनुसार ११ उपजिल्लाका ८९ गाउँ ३० देखि ८० सेन्टिमिटरसम्मको गहिराइमा डुबानमा परेका छन्। वुलान नदीमा रहेको बाँध भत्किँदा डेमक र छिमेकी जिल्ला कुदुस जोड्ने प्रादेशिक राजमार्गको एक खण्ड अवरुद्ध भएपछि बाढीले डेमकमा झनै गम्भीर संकट निम्तिएको बताइएको छ। वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू आउने गर्दछन्।