भक्तपुर । भक्तपुरमा एक जना पुरुष मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्दै आएका ३३ वर्षका गोपाल प्रसाद ढकाल दुई दिनदेखि सम्पर्कविहीन थिए । सा्ेही स्थानको एक कच्ची घरमा परालले छोपेको अवस्था आज शुक्रबार ढकाल मृत फेला परेका हुन् ।
तेह्रथुम छथर गाउँपालिका-२, स्थायी घर भएका ढकाल बुधबार साँझ ८ बजे श्रीमतीलाई तेल लिएर आउँछु भन्दै निस्किएका थिए । तर घर नफर्किएपछि परिवारले बिहीबार प्रहरीमा उजुरी गरेको थियो । डेरा कोठाभन्दा करिब ३ किलोमिटर दूरीमा पर्ने गोठको भुइ तल्लामा रक्ताम्ये अवस्थामा परालले छोपिरहेको अवस्थामा ढकालको शव भेटिएको हो ।
शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिनु भएको छ ।