काठमाडौं : काठमाडौँको सितापाइलामा एकै परिवाका ३ जना मृत फेला परेका छन्। िल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो। घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ। प्रहरी वृत्त स्वयम्भुको टोली अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।













