काठमाडौँ । चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो । आचार्य चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् ।
– सफलता प्राप्तिका लागि पहिलो कुरा भनेको खुलापन हो । यसको अर्थ व्यक्तिले आफ्नो कान, आँखा र दिमाग सधैँ खुला राख्नु हो । जसले गर्दा उ आसपासमा भइरहेका घटनाप्रति सचेत बन्न सक्छ, जसले उ त्यस कुरामा असफल हुँदैन ।
– जस्तोसुकै कठिन समय र परिस्थितिको पनि सामना गर्न सक्ने मान्छे जीवनमा कहिल्यै असफल हुँदैन ।
– मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धि दिगो हुँदैन । सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । त्यसैले मेहनत गर्ने व्यक्ति सफल हुन्छन् ।
– ज्ञानको अर्थ, विषयको जानकारी हो । त्यो किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।
– व्यक्तिले कहिल्यै पनि सबै धन व्यय गर्नु हुँदैन । एक दिन हरेकको नराम्रो समय आउन सक्छ । यस कारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरूको सामु हात फैलाउनु पर्दैन ।