नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

70

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो ।

दोश्रो पटक नियुक्त भएका छन् । यसअघि २०७१ सालमा भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । भट्टकै कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए ।