प्रतिवेदन पढेपछि बालकुमारी घटनाबारे कारबाही अघि बढ्छ : प्रधानमन्त्री

34
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारी घटनाबारे छानबिन समितिको प्रतिवेदनबारे अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्। आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले सांसदहरूले भने जसरी मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको भन्ने आरोपमा सत्यता नभएको दाबी पनि गरे। उनले मृतकका परिवारका एक-एकजनालाई रोजगारीको ग्यारेन्टी र श्रम मन्त्रालयबाट थप रकम दिने निर्णय पनि सकारले गरिसकेको उनले जानकारी दिए। ‘विषयलाई जसरी प्रस्तुत गरियो त्यो घटनाबारे सरकारको तर्फबाट तत्काल लिएको पहल र त्यसपछि भएको क्रियालकलापबारे लगत सूचना भएको पाएँ’, उनले भने, ‘त्यसमा तत्काल संलग्नहरूलाई निलम्बन गर्ने, छानविन अघि बढाउने र मृतकका परिवारलाई १० लाख मात्र होइन, ज्यान गुमाएका दुई व्यक्तिका परिवारका एकएक जनालाई रोजगारी दिने र श्रम मन्त्रालयले त्यो अफिसबाट थप रकम दिन निर्देशन पनि सरकारले दिएको छ।’प्रधानमन्त्री प्रचण्डले अहिले गृहमा रहेको प्रतिवेदन आजै आफूले बुझेर अध्ययन गर्ने र त्यसपछि त्यसैअनुसार आफू अघि बढ्ने बताएका छन्। उनले भने, ‘जुन प्रतिवेदन आएको छ, र अहिले गृहमा छ। यसलाई आज मैले बुझ्दै छु। अहिलेसम्म मैले हेरेको छैन। आजै क्याविनेट छ। त्यसलाई अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ।’