मूला खानु यी रोगकालागि लाभदायक

37

मूला हरेकको करेसा बारीमा लगाउन सकिने र उत्पादन हुने तरकारी हो स्वास्थ्य क्षेत्रमा यसको ठूलो महत्व छ । हामीले मुला स्वादको रूपमा खान्छौं तर यस्लाई औषधिको रूपमा पनि प्रयोग गर्न सक्छौं । मूलाको उपयोग गरेर हामीले पाचन क्रियालाई सुधार्न सक्छौं मुलाको पातको रस बनाएर त्यसमा खस्रो चिनि राखेर जण्डिसको उपचार घरमै गर्न सक्छौं । मूलाको प्रयोग सवैभन्दा बढी मधुमेहका रोगीले गर्दा राम्रो फाइदा देखिन्छ । गर्मीको प्रभावदेखि खट्टी डकारहरू आउँछ भने त एक कप मूलाको रसमा मिश्री मिसाएर पिउने गरेमा लाभ हुन्छ।

१. पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुष हुदैन ।

३. मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यान्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

४. यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

५. यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।