Sunday, September 27, 2026
Home राजनीति सरकारलाई दबाब दिन नेवि संघले थाल्यो हस्ताक्षर अभियान

सरकारलाई दबाब दिन नेवि संघले थाल्यो हस्ताक्षर अभियान

42

काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी (नेवि) संघ ले नागरिकले सहज शिक्षा नपाएको भन्दै सरकारलाई दबाब दिन हस्ताक्षर अभियान थालेको छ। नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकका रुपमा मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधानिक ब्यवस्था अनुरुप नागरिकले अनुभूत गर्न नपाएको भन्दै आजदेखि नेवि स‌ंघले हस्तक्षार संकलन अभियान सुरु गरेको हो।नेवि संघले मागहरु तत्काल पूरा गर्न र संविधान कार्यन्वयनको लागि दबावमूलक हस्ताक्षर संकलन सुरु गरेको जनाएको छ। के एन्ड के कलेज बानेश्वरबाट सुरु गरिएको अभियान काठमाडौंका विभिन्न कलेज कलेज,क्याम्पसहरुमा गइ हस्तक्षार संकलन गरि शिक्षा मन्त्रालयमा बुझाउने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास भण्डारीले जानकारी दिए।