पशुपंक्षी औषधि व्यवसायी संघ काभ्रेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

97

काठमाडौं । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ काभ्रे पुर्ब शाखाको चौथो अधिवेशनबाट आगामी कार्यकालकालागि टंककुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । संघको नि.अध्यक्ष यज्ञ प्रसाद पन्त, उपाध्यक्षहरु बेल बहादुर महत, अमृत थापा, हरीकृष्ण मानन्धर निवर्नचित भएका छन् । त्यसैगरि सचिबमा राजेश मानन्धर, सहसचिबमा पवन केसी, कोषाध्यक्षमा बिजय अधीकारी सदस्यहरु क्रमशः माया श्रेष्ठ, सुदीप धिताल, सुमन चौलागाइ, भीम न्यौपाने र बासु कुमार थापा निर्वाचित भएका छन् ।