भक्तपुर । प्याबसन चाँगुनारायण नगरस्तरिय फुटसल प्रतियोगीत सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा दुवाकोटमा रहेको गोल्डेन सुनगाभा स्कुल प्रथम, दुवाकोटमै रहेको मित्रश्री पाठशाला दोस्रो भएको छ । त्यसैगरि प्रज्ञा इंग्लिस स्कुल तेस्रो र फुल व्राइट स्कुल चौथो भएको छ । प्यावसन अन्तर्गत रहेको ६ वटा स्कुलहरुले यस प्रतियोगीतामा भाग लिएका थिए । बिजेताहरुलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पुरस्कृत गरेका छन् ।