काठमाडौँ : काठमाडौँमा मंसिर २८ देखि पुस २ गतेसम्म २०औँ हस्तकला व्यापार मेला हुने भएको छ। नेपाल हस्तकला महासङ्घको आयोजनामा अन्नपूर्ण होटलमा मेला आयोजना हुने भएको हो। सोमवार महासंघले काठमाडौँमा पत्रकार सम्मेलनमार्फत अन्तरराष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी दिन मेला आयोजना गर्न लागिएको जनाएको छ।महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८औँ हस्तकला प्रतियोगिता समेत आयोजना गरिने जानकारी दिए। उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तरराष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए। अहिलको अवस्थामा मेला आयोजना गर्नु चुनौतीपूर्ण रहेका बेला उक्त मेलामा १ करोड बढी खर्च हुने अनुमन गरिएको छ। मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गरिने भएकोछ। मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन्। मेलामा पाकिस्तान, बंगलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ। हस्तकला प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार दिइने जनाइएको छ।