क्रिकेट टोली स्वदेश फिर्ता

80

काठमाडौं : चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम आज स्वदेश फर्किएको छ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए। उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए। उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए। आउने दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए। टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए। उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए। उनले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ विश्व कीर्तिमान राखेका थिए। उनले भने, ‘उक्त कीर्तिमानबारे भने, ‘६ वटा छक्का भएपछि चाहिँ वर्ल्ड रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आएको थियो।’उनले एसियाड गेम पनि अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने बताए। एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो। एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो।