Tuesday, September 22, 2026
Home समाचार इन्द्रजात्रा हेर्न गएका युवकको छुरा प्रहारबाट मृत्यु

इन्द्रजात्रा हेर्न गएका युवकको छुरा प्रहारबाट मृत्यु

229
सांकेतिक चित्र

काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट घाइते भएका उनको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको हो। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका(४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीमाथि प्रहार भएको हो।

घाइते भएका कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर मनमोहन अस्पताल पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमेध ढुंगेलले जानकारी दिए। ‘शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएका छौं, उनले भने। के कारणले घटना भएको हो। त्यसको बारेमा थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए। -setopati