उपाध्यक्षका पिताको निधनः गाउँपालिकामा शोक बिदा

30

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले उपाध्यक्षका पिताको निधनमा एक दिन शोक बिदा दिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका पिता दिलबहादुर आङबोहाङको मंगलवार बेलुका निधन भएको थियो । उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले बुधबारका लागि शोक बिदाको सूचना जारी गरेका हुन् । दिलबहादुर अन्त्येष्टि बुधबार दिउँसो तमोर नदी किनार सोभुवाखोला घाटमा गरिने परिवारले बताएका छन्।