Wednesday, October 7, 2026
Home समाचार मुटु जोगाउ भन्दै, सम्पदा चिनाउदैं भक्तपुरका लायन्सहरु

मुटु जोगाउ भन्दै, सम्पदा चिनाउदैं भक्तपुरका लायन्सहरु

50

भक्तपुर । भक्तपुर जिल्लाभित्र रहेको विभिन्न लायन्स क्लबहरुले विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्ने भएका छन् । यहिँ असोज १३ गते शनिवारका दिन मध्यपुर थिमिमा लायन्स क्लबले सम्पदा पदयात्राको आयोजना गर्ने भएको हो ।

“मुटुको प्रयोग गर्नुहोस् मुटुको बारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुर थिमि नगर क्षेत्र भित्र रहेका विभिन्न सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्वका सम्पदा स्थलहरुको अवलोकन गर्न बृहत् पदयात्राको आयोजना गरिएको कार्यक्रमका प्रमुख उद्धव सिलवालले जानकारी दिनुभयो । लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वर लगायतले उक्त पदयात्राको आयोजना गरेका हुन् ।

सम्पदा पदयात्रा यहिँ असोज १३ गते शनिवार बिहान ७ बजे मध्यपुर थिमिको शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाखेल, पाटी विहार, सिद्धि काली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, तिगनी, बोडे, कमलपोखरी हुँदै ११ बजे बोडेको बालकुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमका साथ समापन हुने प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थ भट्टले बताउनु भयो । पदयात्राका क्रममा सम्पदा अवलोकन सँगै सम्बन्धित सम्पदाविद्बाट सम्पदाको जानकारी, सांस्कृतिक झाकी, नृत्य र नेवारी भोजनको समेत व्यवस्था गरिएको छ।