‘हामीलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ’

47

काठमाडौँ । सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए । एकीकृत समाजवादीलाई बाहिर निकालेर सत्ता गठबन्धन कमजोर पार्ने प्रयास भइरहेको नेपालले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीले होसियार भएर अगाडि बढ्न नेताहरूलाई आग्रह गरेका थिए । वर्तमान सत्तारुढ गठबन्धन बनाउन आफूहरूले नै भूमिका खेलेको भन्दै जोगाउन पनि लाग्नुपर्ने उनको भनाइ थियो ।