काठमाडौं । असोज ३ गते राप्रपा नेपालले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने बताए । ‘














