जर्मनीको हम्बर्क शहरमा तीजको रौनक, तस्बिरमा हेर्नुस्

417

काठमाडौ । केही वर्ष यता बिदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो चाडपर्व भव्य रुपमा मनाउने गरेका छन् । युरोपको सुन्दर देश जर्मनीमा बस्ने नेपाली महिलाहरुले तीज पर्वलाई धुमधामसंग मनाएका हुन् । जर्मनी हम्बर्क शहर बस्ने नेपाली महिलाहरूले भेला भएर एक अर्कालाई शुभकामना दिदै तीज मनाएको लामो समयदेखि सपरिवार जर्मनमा बस्दै आएकी रमा लामिछानेले जानकारी दिनुभएको छ ।

लामिछानेका अनुसार उक्त शहरमा करिब ५/६ हजार नेपाली समुदाय बस्दै आएको छ । “हामीले मिलेर नेपालमा मनाईने सबै समुदायको चाडपर्व मनाउने गरेका छौँ ” लामिछानेले भन्नुभयो । दशै, तिहार, ल्होसारलगायतका पर्व नेपालीहरु भेला भएर मनाउने गरेका हुन् ।

यो वर्षको तीज पनि स्थानीय हम्वर्क नगरपालिकाले उपलब्ध गराएको हलमा नेपाली महिलाहरु भेला भएर दर खादै नाचगान गरेर मनाएको लामिछानेकोबताउनु भयो ।

तस्बिर: रमा लामिछाने