काभ्रेको बालुवा माविका विद्यार्थी संसद भवनमा पुगेपछि….

545

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा २, बालुवापाटीमा रहेको बालुवा माविमा विद्यार्थीहरु अध्ययन भ्रमणकालागि संघीय संसद बानेश्वर भवनमा पुगेका छन् । बुधबार जुद्ध बहादुर शाही सामाजिक शिक्षकको अनुरोधमा पुर्व राजदुत तथा पराराष्ट्र सहसचिव कृष्ण प्रसाद ढकालको सहयोगमा व्यवस्थापिका संसद बैठकमा कक्षा १० का विद्यार्थीहरुलाई संसद भवनमा गएका हुन् । विद्यार्थीहरुले व्यवस्थापिका संसद बैठक संचालनका पद्धतिलगायतका विषयमा सामान्य ज्ञान प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल तामाङले जानकारी दिएका छन् । साथै यो अवसर जुराइदिने सहसचिव ढकाल, गोपाल सिग्देल र जयराम खडकालगायत सबैलाई अध्यक्ष तामाङले धन्यवाद समेत दिएका छन् ।