भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्वअध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ ।
भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा आज असार १५ गते शुक्रवार असामयिक निधन भएको हो । उहाँ विगत लामो समयदेखि फोक्सो सम्बन्धी रोगको उपचार गराई रहनुभएको थियो ।
उहाँ आज बिहान घरमा अचानक लडेर घाईते हुनुभएपछि उपचारका लागि ख्वप अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जानकारी दिनु भएको छ ।
भुजुको निधनमा पत्रकार महासंघ भक्तपुरले जारी गरेको शोक विज्ञप्ति