जीप दुर्घटना: पाँच जनाको मृत्यु

85
यो पुरानो तस्विर हो ।

काठमाडौं । शुक्रबार बिहान गोरखाको मनकामनामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। त्यस्तै वडा नम्बर ४ का ६४ वर्षका थनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा १२ जना घाइते भएका थिए। उनीहरूको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। केही अस्पतालबाट डिस्चार्ज भएर गएका छन्। कोटगाउँबाट १९ जना दुलहा-दुलहीसहित पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटनामा परेको थियो।नायव प्रहरी उपरीक्षक लामिछानेकाअनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। कच्ची सडक र रातको समयमा दुर्घटनामा परेको हुनाले उद्धारमा कठिनाइ भएको पनि उनले बताए। दुर्घटनामा दुलहा दुलही सकुशल छन्।