हिन्दी सिनेमा प्रदर्शनमा रोक लगायो पोखरा महानगरलेपनि

32

पोखरा । पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

‘नगरप्रमुख धनराज आचार्यले जारी गरेको पत्रमा दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा कुनै पनि भारतीय सिनेमा प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ भनी उल्लेख गरिएको छ । यो प्रतिबन्धसँगै पोखरा महानगरभित्रका बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुने छैन ।