नेपालमा पहिलो पटक मंकीपक्स भाइरस संक्रमणको बिरामी भेटिए

29

काठमाडौं : नेपालमा पहिलो पटक मंकीपक्स भाइरस संक्रमणको बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अस्पतालमा फोकल पर्सन तोकेको छ। मन्त्रालयका अनुसार केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो।उक्त विदेशी महिला ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पनि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको मन्त्रालयका स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र का प्रमुख तथा सह प्रवक्ता डा समीर अधिकारीले बताए। उनका अनुसार नेपालमा मंक्किपक्स संक्रमण पुष्टि भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका १४ अस्पतालमा फोकल पर्सनको रुपमा चिकित्सकहरुलाई जिम्मेवारी दिइसकेको समेत बताए।

‘पहिलोपटक हाम्रोमा मंक्किपक्स भाइरसको बिरामी पुष्टि भएको छ अहिले उहाँ काठमाडौंकै एक अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको छ’ डा अधिकारीले भने, ‘पहिलोपटक यो संक्रमण देखिए पछि हामीले हाल काठमाडौं उपत्यका अस्पताल सहित देशभरका १४ वटा अस्पतालमा फोकल पर्सनको रुपमा चिकित्सकलाई तोकि सकेका छौँ।‘कोभिड १९ संक्रमण, डेंगु लगायतको पहिलो केसको पुष्टि गर्न यसअघि विदेश पठाउने गरिएको भए पनि मंकीपक्स भाइरसको पुष्टि भने पहिलोपटक नेपालकै सरकारी प्रयोगशालामा परीक्षणपछि पुष्टि भएको हो। संक्रमणको जोखिम हेरेर मन्त्रालयले थप रणनीति बनाउँदै जाने उनले बताए। मन्त्रालयले मंकीपक्सको शंका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

लक्षण

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु मंक्किपक्सका लक्षण हुन्।

सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । यसलेज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ। मङ्कीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।