लसुन औषधी हो थाहा छ

57

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ। प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ। लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निे समस्या आदिमा पनि लसुन लाभदायक छ।

गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुदैन ।लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रुपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्युन हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरुका अनुसन्धानले पुष्टि गरेको छ ।

लसुनको फाइदा :

१. ग्याष्टिक
विहान उठ्ने वित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नले ग्याष्टिकको समस्या कम हुँदै जान्छ ।

त्यसैगरी भोग जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ । पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा विहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २/३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।

२. उच्च रक्तचाप
लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटु सम्बन्धि समस्याबाट जोगाउन सहयोग पुर्याउँछ । उच्च रक्तचापका लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा भने एकै पटक नभएर पटकपटकको खानासँग खानु राम्रो हुन्छ ।

३. कोलेस्टेरोल
दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल १२ प्रतिसत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडितहरुका लागि समेत निकै फाइदाजनक छ । लसुनले रगत पातलो बनाउने र रगत प्रबाहलाई सहयोग पुर्याउँछ ।

४. रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डडाउने । उक्त तेललाई मन तातो भएपछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाटी, ढाडमा सेकाउँदै मालिस गर्ने । निधार र नाक वरिपरि या तेल लगाउने गर्दा स–साना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठुला व्यक्तिलाई पनि फाइदा गर्दछ ।

५. पाचन
लसनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । यसले पाचन प्रक्रियालाई उत्तेजित पार्ने काम गर्छ । जसका कारण भोक बढाउने काम गर्दछ ।

खानासँगै ३-४ केस्रा लसुन विहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ । यसो गर्नाले पाचन प्रक्रिया बलियो हुन्छ र अरुची हट्छ । पेटमा हुने एसिड उत्पादनलाई पनि लसुनले बन्द गरिदिन्छ । लसुनले तपाईको तनाव पनि कम गरिदिन्छ । तपाईलाई जतिबेला डर लाग्छ, पेटमा एसिड बन्ने गर्छ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्छ ।

६. स्वास प्रणाली
लसुन स्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले आस्मा, निमोनिया, ब्रोन्काइटिस, ट्युबरक्लोसिस,फोक्सोमा जमेको कफ आदि रोकथाममा र उपचारमा पनि निकै प्रभावकारी हुन्छ ।

७. जोर्नी दुखाई
एक पाउ लसुन थिचेर एक चौथाई जति तेल र चार चौथाई जति पानी एउटै भाडोमा राखेर घोल्ने । त्यस घोललाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भएपछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३-४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने र मालिस गर्ने गर्दा आराम हुने गर्दछ ।

८. हृदयघात
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विस्वास छ । लसुनले मानिसको रक्त सञ्चारलाई नियमित राख्नुका साथै यसले हृदयसम्बन्धि समस्याहरुबाट पनि टाढा राख्दछ । यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्छ ।

९. कपाल दुखाई
कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाएमा कपाल दुख्ने समस्या हट्छ ।